मानवअधिकारको गम्भीर उल्लंघनमा मेलमिलाप हुँदैन : सञ्चारमन्त्री शर्मा - Chaitanya News
  • 2026-11-07
  • 00:34:17
  • शुक्रबार,कार्तिक २१, २०८३
  • मानवअधिकारको गम्भीर उल्लंघनमा मेलमिलाप हुँदैन : सञ्चारमन्त्री शर्मा

    मानवअधिकारको गम्भीर उल्लंघनमा मेलमिलाप हुँदैन : सञ्चारमन्त्री शर्मा

    काठमाडौं– सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउँदा मानवअधिकारको गम्भीर उल्लंघनमा मेलमिलाप नहुने गरी सरकारले प्रस्ताव ल्याएको बताएकी छन्।

    उनले सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकारको गम्भीर उल्लंघन गर्ने व्यक्तिले छुट नपाउने व्यवस्थासहितको विधेयक सरकारले ल्याएको बताएकी हुन्।

    उनले आज प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेस गर्दै यस्तो बताएकी हुन्।

    पीडितको स्वतन्त्र सहमति भएमात्रै पीडक र पीडितबीच मेलमिलाप हुनसक्ने व्यवस्था राखिएको बताउँदै उनले गम्भीर मानवअधिकार उल्लंघनको घटनामा पीडक र पीडितबीच मेलमिलाप हुन नसक्ने व्यवस्था गरिएको बताइन्।

    मानवअधिकारको गम्भीर उल्लंघनमा मेलमिलाप नहुने बताउँदै उल्लंघनकर्ताले छुट नपाउनेसमेत उनको भनाई छ।