काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सबै दलको समर्थनमा विश्वासको मत पाउने बताएका छन्।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफूले सतप्रतिशत सांसदको विश्वासको मत पाउने बताएका हुन्।
यसअघि आफूले विश्वासको मतमा ९९.२५ प्रतिशत आशा गरेपनि अहिले सतप्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उनले बताए। प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिदैँ छन्।