काठमाडौँ– स्ववियु निर्वाचनमा देशभर ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालयका अनुसार देशभर ६ हजार ४७५ जना प्रहरी परिचालन गरिएको हो।
निर्वाचनमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रहरी परिचालन गरिएको छ। लुम्बिनीका क्याम्पस अन्तरगतको निर्वाचनमा १५३२ जना प्रहरी परिचालन गरिएको छ।
यस्तै कोशीमा १२०६, मधेसमा २२२, बागमतीमा ५२९ जना प्रहरी परिचालन गरिएको छ।
यसैगरी गण्डकीमा ६८०, कर्णालीमा ४२९, सुदूरपश्चिममा ५७७ जना प्रहरी परिचालन गरिएको छ।
यस्तै उपत्यकाका क्याम्पस क्षेत्रमा १३०० जना प्रहरी परिचालन गरिएको छ। देशभर चुनाव हुने ४४८ क्याम्पसमध्ये २८४ वटामा मनोनयन दर्ता भएका थिए।