खेलाडीलाई पुरस्कार दिने मात्र होइन, धुर्मुस सुन्तलीले पूरा गर्न नसकेको क्रिकेट स्टेडियम सरकारले बनाउनु पर्छ : रघुजी पन्त - Chaitanya News
  • 2026-06-05
  • 16:30:10
  • शुक्रबार,जेठ २२, २०८३
  • खेलाडीलाई पुरस्कार दिने मात्र होइन, धुर्मुस सुन्तलीले पूरा गर्न नसकेको क्रिकेट स्टेडियम सरकारले बनाउनु पर्छ : रघुजी पन्त

    खेलाडीलाई पुरस्कार दिने मात्र होइन, धुर्मुस सुन्तलीले पूरा गर्न नसकेको क्रिकेट स्टेडियम सरकारले बनाउनु पर्छ : रघुजी पन्त

    काठमाडौं– एमालेका सांसद रघुजी पन्तले चितवन क्रिकेट स्टेडियम सरकारले बनाउनु पर्ने बताएका छन्।

    आज संसदकै शून्य समयमा बोल्दै उनले धुर्मुस सुन्तलीले पूरा गर्न नसकेको क्रिकेट स्टेडियम बनाउन सरकारलाई आग्रह गरेका हुन्।

    साथै उनले त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर कीर्तिपुरको क्रिकेट स्टेडियम विस्तार गर्न र मुलपानीको क्रिकेट स्टेडियम बनाउन पनि सुझाव दिए।

    ‘सरकारले विजेता टोलीलाई पुरस्कार घोषणा गरेर मात्र केही हुँदैन। चितवनको स्टेडियम बेवारिसे भएर बसेको छ। त्यसलाई सरकारले निर्माण सम्पन्न गर्नुपर्यो,’ उनले भने।