नेकपा एमालेले खोज्यो प्रतिनिधिसभामा प्रधानमन्त्री - Chaitanya News
  • 2026-11-07
  • 00:33:52
  • शुक्रबार,कार्तिक २१, २०८३
  • नेकपा एमालेले खोज्यो प्रतिनिधिसभामा प्रधानमन्त्री

    नेकपा एमालेले खोज्यो प्रतिनिधिसभामा प्रधानमन्त्री

    काठमाडौं– प्रतिपक्षी बेन्चमा बसेको दिन नै नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्रीको खोजी गरेको छ।

    आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए। तर संवैधानिक परिषद सम्बन्धी विधेयक सरकारका तर्फबाट पेश गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले विरोध गरेका हुन्।

    एमाले सांसद रघुजी पन्तले संसदमा सरकारका कामकारबाहीका विषयमा धेरै प्रश्न उठेको भन्दै प्रधानमन्त्री आफैले ती विषयमा जवाफ दिनुपर्ने र विधेयक पनि प्रधानमन्त्रीले नै पेश गर्नुपर्ने बताए।

    उनले यो विषयमा सभामुखबाट रुलिङ गर्न पनि माग गरे । तर सभामुख देवराज घिमिरेले सञ्चारमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्ने अनुमति दिए।