मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भयो : अध्यक्ष ओली - Chaitanya News
  • 2026-05-17
  • 07:22:12
  • आइतबार,जेठ ०३, २०८३
  • मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भयो : अध्यक्ष ओली

    मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भयो : अध्यक्ष ओली

    काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भएको बताएका छन्।

    शुक्रबार काठमाडौंमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले खुलेआम राष्ट्र विरोधी, देशद्रोही कुरा गरेर हिडिँरहदा पनि सरकारले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न नसकेको बताए।

    उनले देशलाई नै विदेशीसामु बुझाउनुपर्ने अभिव्यक्ति दिएर एक हुल मानिस हिड्दा सरकारले नसुनेको उल्लेख गरे।

    ूदेशको सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर हिड्नेलाई तत्काल नियन्त्रणमा लिनुपर्ने हो,ू ओलीले भने, मुलुक विरोधी अभियान जारी रहे जनताले प्रतिवाद गर्नुपर्ने अवस्था आउँछ।

    उनले एमाले सरकार छाडेपछि मुलुकको अर्थतन्त्र, सामाजिक र राजनीतिक अवस्था तहसनहस भएको बताए।ओलीले अहिले ऊर्जा व्यापार भन्दा पनि स्वदेशमा नै अत्याधिक खपतमा ध्यान दिनुपर्ने बताए।