उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी - Chaitanya News
  • 2026-05-17
  • 07:22:13
  • आइतबार,जेठ ०३, २०८३
  • उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

    उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

    काठमाडौँ — नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएको छन्। शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

    उपराष्ट्रपतिमा निर्वाचित यादव बारा(२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन्। उनी जसपाका संसदीय दलका नेतासमेत हुन्। विक्रम संवत २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन्। शिक्षण पेसा त्यागेर उनले २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए।

    त्यसपछि उनी मधेसी जनअधिकार फोरमको संस्थापक रही त्यसको सुरूवातदेखि महासचिवसमेत बने। २०६४ मा बारा–२ बाट संविधानसभा सदस्य निर्वाचित भएका यादव २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन्।

    तीनवटै मधेस आन्दोलनमा सक्रिय सहभागी उनले वन तथा वातावरणमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् छन्।