क्रिकेट टोलीलाई बधाई दिँदै राष्ट्रपति पौडेलले भने् खेलकुद क्षेत्रलाई उपेक्षा गर्न हुँदैन - Chaitanya News
  • 2026-11-06
  • 23:38:03
  • शुक्रबार,कार्तिक २१, २०८३
  • क्रिकेट टोलीलाई बधाई दिँदै राष्ट्रपति पौडेलले भने् खेलकुद क्षेत्रलाई उपेक्षा गर्न हुँदैन

    क्रिकेट टोलीलाई बधाई दिँदै राष्ट्रपति पौडेलले भने् खेलकुद क्षेत्रलाई उपेक्षा गर्न हुँदैन

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताएका छन। आईसीसी लिग–२ मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रवार शीतल निवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्न नहुने बताएका हुन।

    राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताए। उहाँले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकता औँल्याए।

    उनले भने राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईँहरू विश्व कपको यात्राका लागि जाँदै हुनुहुन्छ। मैले हिजो इन्ट्रेस दिएर हेरेँ, असाध्यै राम्रो खेल थियो। दर्शकहरू पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो । पूर्वाधारको कमी रहेको छ। तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो। यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नुहुँदैन। यसमा त विश्वका देशहरूसँग प्रतिस्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ।’

    राष्ट्रपति पौडेलले खेलाडीहरूको मनोबल बढाउन सरकार लाग्नुपर्ने बताए।