सार्वभौम सत्तासम्पन्न राष्ट्रविरुद्ध बोल्न कसैलाई छुट छैन : अध्यक्ष ओली - Chaitanya News
  • 2026-05-17
  • 07:22:44
  • आइतबार,जेठ ०३, २०८३
  • सार्वभौम सत्तासम्पन्न राष्ट्रविरुद्ध बोल्न कसैलाई छुट छैन : अध्यक्ष ओली

    सार्वभौम सत्तासम्पन्न राष्ट्रविरुद्ध बोल्न कसैलाई छुट छैन : अध्यक्ष ओली

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वभौमसत्ता मुलुकविरुद्ध कोही बोल्दै र चम्कँदै हिँड्छ भने जनताले त्यसै नछोड्ने चेतावनी दिएका छन्।

    शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औं महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धनका नेताहरुतर्फ लक्षित गर्दै सार्वभौम सत्ता सम्पन्न राष्ट्रविरुद्ध बोल्ने कसैलाई छुट नभएको बताए।

    ‘सार्वभौम सत्ता सम्पन्न राष्ट्र राख्नुभन्दा विदेशीलाई सुम्पिदियो भने साग सस्तो पाइन्छ, साइकल सस्तो पाइन्छ । किन यो देश राख्ने भन्छ’, उनले यस्तो भनेको सरकारले सुनेको छ कि छैन भन्दै प्रश्न गरे।

    ‘यो देशको सन्तान पनि भन्न नसुहाउने देशद्रोही कुरा गरेर मान्छे हिँडिरहेको छ। सरकारले लगाएको कि नलगाएको सरकार सुन्छ कि सुन्दैन?ओलीले प्रश्न गर्दै भने, ‘यहीँ प्रचारको जनताले प्रतिवाद गर्न नपरोस्। शान्ति सुव्यवस्था कायम गर्न सरकारले ध्यान देओस्, होइनभने जनताले प्रतिवाद गर्छ।’

    उनले राष्ट्रियताका विरुद्ध, राष्ट्रको अस्तित्वको विरुद्ध र राष्ट्रको सार्वभौमसत्ताविरुद्ध कोही चम्कँदै हिँड्छ भने कुनै बैंकका डिफल्टर हुन् कि जोसुकै हुन् जनताले सहन नसक्ने बताए।

    ‘लडेर बनाएको र बचाएको देश हो यो। यस देशको हावा र पानी खाएर, देशको सास फेरेर जन्मिएको मान्छे कसरी बोल्न सक्छ कि यो देश अर्कालाई जिम्मा लगाइदिऊ रु’,ओलीको प्रश्न छ।