रविको पार्टीलाई कर्मचारीको आवश्यकता - Chaitanya News
  • 2026-11-07
  • 00:55:40
  • शुक्रबार,कार्तिक २१, २०८३
  • रविको पार्टीलाई कर्मचारीको आवश्यकता

    रविको पार्टीलाई कर्मचारीको आवश्यकता

    काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कर्मचारीको आवश्यकता परेको छ। रास्वपालाई सचिवालय सहायक र लेखापालमा काम गर्ने मान्छे चाहिएको जानकारी दिएको छ।

    रास्वपाले उक्त पदका लागि कर्मशील तथा इच्छुक नेपाली युवाले सात दिनभित्र आफ्नो व्यक्तिगत विवरणसहित आवेदन दिन सक्ने सूचना जारी गरेको छ। सचिवालय सहायकका लागि कानुन, आमसञ्चार वा राजनीतिशास्त्र विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ।

    त्यस्तै, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञान तथा सीप भएको, समसामयिक सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक विषयमा जानकार, विज्ञप्ति लेखन, विविध विषयका कार्यविधिलगायत दस्तावेज निर्माणसम्बन्धी ज्ञान र नेपाली टाइपिङ गर्न जान्ने खालको हुनुपर्ने पार्टीले जनाएको छ।

    यता, लेखापालका लागि सम्बन्धित विषयमा स्नातक गरेका र लेखासम्बन्धी सम्पूर्ण कार्य गर्न सक्षम व्यक्तिले आवेदन दिन सक्नेछन्। रास्वपाको केन्द्रीय कार्यालयमा उपस्थित भएर वा इमेलमार्फत आवेदन पठाउन सकिने छ।