तनहुँको आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचन स्थगित - Chaitanya News
  • 2026-07-02
  • 22:38:06
  • बिहिबार,आषाढ १८, २०८३
  • तनहुँको आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचन स्थगित

    तनहुँको आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचन स्थगित

    तनहुँ — तनहुँको व्यास नगरपालिका(१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। क्याम्पसले शुक्रबार सूचना जारी गरेर अर्को सूचना नआएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाएको छ।

    चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएकाले उक्त दिन अध्ययन अध्यापन कार्य यथावत नियमित रुपमा संचालन हुने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिएका छन्।

    स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरूबीच विवाद भएपछि निर्वाचन स्थगित गरिएको क्याम्पसले जनाएको छ।

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा विवाद भएपछि गत आइतबार विद्यार्थीहरूले क्याम्पस र निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका थिए।

    स्ववियु सभापतिका उम्मेदवार गौरव पन्थ र सुनिल मिश्रउपर दाबी विरोधमा क्याम्पसको तर्फबाट कुनै सुनुवाइ नभएको भन्दै नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन्। अनेरास्ववियु र अखिल क्रान्तिकारीले दुवै जनाविरुद्ध उजुरी दिएका थिए।