वाग्मती प्रदेशसहित केही स्थानमा वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-19
  • 04:40:59
  • सोमबार,जेठ ०४, २०८३
  • वाग्मती प्रदेशसहित केही स्थानमा वर्षाको सम्भावना

    वाग्मती प्रदेशसहित केही स्थानमा वर्षाको सम्भावना

    काठमाडौं- हाल देशभर आंशिकदेखि सामान्य बदली छ। कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ।