काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार सरकारी निवास छाडेका छन्।
शुक्रबार उपराष्ट्रपतिका लागि निर्वाचन हुँदै छ। यसको अघिल्लो दिन बिहीबार नै उपराष्ट्रपति पुनले सरकारी निवास छाडेका हुन्।
उनको निजी सचिवालयका अनुसार पुन काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन्।