पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई प्रहरी नियन्त्रणमा - Chaitanya News
  • 2026-11-06
  • 22:52:19
  • शुक्रबार,कार्तिक २१, २०८३
  • पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई प्रहरी नियन्त्रणमा

    पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई प्रहरी नियन्त्रणमा

    विराटनगर– कोशी प्रदेश नामाकरणको विरोध गर्दै प्रदेशसभा भवन अगाडि पुगेका नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईलाई प्रहरीले पक्राउ गरेको छ।

    प्रदेशसभा सचिवालय अगाडि आयोजना गरिएको ‘पहिचानका लागि सडक साहित्यिक यात्रा’ विरोध कार्यक्रमबाट प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो। उनीसँगै सञ्जय याख्खा पनि पक्राउ परेका छन्।

    वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका पत्रकार पहिचानको आन्दोलनमा सहभागी हुँदै आएका छन्।