भारतबाट घटेर आयो ट्रोलियम पदार्थको मूल्य - Chaitanya News
  • 2026-07-17
  • 14:17:05
  • शुक्रबार,साउन ०१, २०८३
  • भारतबाट घटेर आयो ट्रोलियम पदार्थको मूल्य

    भारतबाट घटेर आयो ट्रोलियम पदार्थको मूल्य

    काठमाडौं– भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ।

    नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ।

    अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ। यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ।

    भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ।