विश्वकप लिग–२ कुशल भुर्तेलले गरे अर्धशतक पूरा - Chaitanya News
  • 2026-07-25
  • 06:46:38
  • शनिबार,साउन ०९, २०८३
  • विश्वकप लिग–२ कुशल भुर्तेलले गरे अर्धशतक पूरा

    विश्वकप लिग–२ कुशल भुर्तेलले गरे अर्धशतक पूरा

    काठमाडौँ– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाएका छन्।

    त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले १६ औं ओभरमा अर्धशतक पूरा गरेका हुन्।

    कुशलले ३२ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे।

    १६ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ९८ रन बनाएको छ।