कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ अमखैयाबाट भन्सार छली भित्र्याइएको १ लाख ७४ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ। ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधबार बेवारिसे अवस्थामा उक्त सामान बरामद गरेको हो।
बरामद गरिएको सामानमा कपडा र दूध पाउडर रहेको छ। उक्त सामान भन्सार कार्यालय गड्डाचौकीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए।