नेपाली बलरको एकदिवसीय वरीयतामा सुधार, सन्दीप २१ ‍औं स्थानमा - Chaitanya News
  • 2026-06-05
  • 14:56:47
  • शुक्रबार,जेठ २२, २०८३
  • नेपाली बलरको एकदिवसीय वरीयतामा सुधार, सन्दीप २१ ‍औं स्थानमा

    नेपाली बलरको एकदिवसीय वरीयतामा सुधार, सन्दीप २१ ‍औं स्थानमा

    काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलरको एकदिवसीय वरीयतामा सुधार आएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अपडेट गरेको पछिल्लो वरीयतामा चारजना नेपाली बलर उक्लिएका हुन्।

    लेगस्पिनर सन्दीप लामिछाने २ स्थान उक्लिएका छन्। उनी विश्व वरीयतामा २१औँ स्थानमा पुगेका छन्। सोमपाल कामीले ३ स्थान सुधार गरेका छन्। उनी ६०औँ स्थानमा उक्लिएका छन्। दीपेन्द्र सिंह ऐरी २ स्थान उक्लिएर ६३औँ स्थानमा पुगेका छन्।

    करण केसीको पनि ३ स्थान सुधार भएको छ। उनी ९४औँ स्थानमा उक्लिएका छन्।

    विश्व वरीयतामा भारतका मोहम्मद सिराज शीर्ष स्थानमा छन्। अस्ट्रेलियाका जोस हेजलवूड दोस्रो र न्युजिल्यान्डका ट्रेन्ट बोल्ट तेस्रो स्थानमा छन्।