हिमाली जिल्ला हुम्लामा मनाइयो विश्व उपभोक्ता अधिकार दिवस - Chaitanya News
  • 2026-11-06
  • 22:12:10
  • शुक्रबार,कार्तिक २१, २०८३
  • हिमाली जिल्ला हुम्लामा मनाइयो विश्व उपभोक्ता अधिकार दिवस

    हिमाली जिल्ला हुम्लामा मनाइयो विश्व उपभोक्ता अधिकार दिवस

    सिमकोट – हिमाली जिल्ला हुम्लामा विश्व उपभोक्ता दिवस र्‍याली निकाल्दै कोण सभा सञ्चालन गरेर मनाइएको छ। जिल्ला प्रशासन, उपभोक्ता हित संरक्षण कार्यालय र सिमकोट गाउँपालिकाको आयोजनामा दिवस मनाइएको हो।

    सिमकोटस्थित विमानस्थल चोकबाट प्ले कार्डसहित निकालिएको र् याली जिल्ला समन्वय समितिको प्रांगणमा आएर सभामा परिणत भएको थियो।
    र्‍याली निकालिएका प्ले कार्डमा उपभोक्ताका हक अधिकारीहरु लेखिएका थिए। र्यालीपछि सभामा परिणत भएको कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले दिवसको नारालाई सार्थक तुल्याउन उपभोक्ताका हक अधिकारका लागि बनेका ऐन कानुन कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्ने बताए।

    उनले अहिले पनि ढुवानी समस्याका कारण उपभोक्ताले दैनिक उपभोग्य सामान समय सीमा नाघेका सामग्री प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए। यसको अन्त्यका लागि उपभोक्तास्तरबाटै जागरुकता आउनुपर्ने उनको भनाइ छ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले उपभोक्ताले आफ्ना हक अधिकारबारे जानकारी राख्नुुपर्नेमा जोड दिए। उनले उपभोक्ता शुुद्ध र समय प्रयोगका लागि समय सीमा ननाघेका सामग्री प्रयोग गर्न पाउनु उनीहरूको अधिकार भएको बताए।

    बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने आवाज पनि कार्यक्रममा उठेको थियो। कार्यक्रम सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला रोकाया भाम, जिल्ला समन्वय समितिकी सदस्य सरिता रावत, निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवाला पक्षको उपस्थिति थियो।