विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-05-20
  • 10:20:14
  • बुधबार,जेठ ०६, २०८३
  • विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

    विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने भएका छन्। यसका लागि उनले गठबन्धनका अन्य दलका नेतासँग परामर्श थालेका छन्।

    यसअघि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्तासहित सरकार छाडेपछि प्रचण्डले संविधान बमोजिम विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो। प्रचण्डनिकट स्रोतका अनुसार उनले चैत ६ भित्र विश्वासको मत लिने तयारी गरेका छन्

    विश्वासको मत पछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन्। एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै उनी नेतृत्वको सरकार अल्पमतमा परेको हो।