राष्ट्रपतिलाई भेटेपछि धनराजले भने : सवारीका बेला जनतालाई दु:ख नहोस् - Chaitanya News
  • 2026-05-20
  • 10:21:07
  • बुधबार,जेठ ०६, २०८३
  • राष्ट्रपतिलाई भेटेपछि धनराजले भने : सवारीका बेला जनतालाई दु:ख नहोस्

    राष्ट्रपतिलाई भेटेपछि धनराजले भने : सवारीका बेला जनतालाई दु:ख नहोस्

    काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

    आज शितल निवास पुगेर उपसभापति गुरूङले राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना दिएका हुन्।

    गुरूङले राष्ट्रपतिको सवारीमा सर्वसाधारण जनतालाई दु:ख हुन नहुने बताए।

    ‘राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दुस्ख दिने विगतको परम्परालाई तोड्न सुझावसमेत दिइयो,’ उपसभापति गुरूङले भने।

    सवारीका बेला जनतालाई दुस्ख दिने पक्षमा आफू नरहेको पनि राष्ट्रपति पौडेलले बताएको उनको भनाइ छ। गत फागुन २५ गते पौडेल राष्ट्रपति निर्वाचित भएका थिए।