काठमाडौं- डेउडा प्रतिष्ठान बेङ्लोर शाखा भारतको प्रथम साधारणसभाबाट अध्यक्षमा सर्वसम्मत रुपमा डेउडा गायक करन विक अध्यक्षमा चयन भएका छन्।
साधारणसभाबाट निवर्तमान अध्यक्ष यज्ञराज भट्ट, वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र साउँद, प्रथम उपाध्यक्षमा सुदर्शन थापा, द्वित्तीय उपाध्यक्षमा भक्त साउँद (चमत्कार ), सचिवमा जया रोकाया, कोषाध्यक्ष यशोदा साउँद, सहसचिव कृष्ण भट्ट र प्रवक्तामा सुरेन्द्र रावल चयन भएका छन्।
त्यस्तै सदस्य तथा कला संस्कृति विभाग प्रमुखमा पुष्पराज खत्री, सदस्य तथा भाषा, साहित्य विभाग महेश भट्ट, सदस्य तथा नृत्य विभागमा शंकर जप्रेल (बझाङ्गी रहडी दादा), सदस्य तथा महिला विभाग प्रमुखमा विनीता भट्ट, सदस्यमा यशोदा अधिकारी, सङ्गिता शाही र राहुल महरा चयन भएका छन्।
डेउडा प्रतिष्ठान भारत शाखा बेङ्लोर तदर्थ समितिका अध्यक्ष यज्ञराज भट्टको सभापतिमा साधारणसभा सम्पन्न भएको थियो।