अबको पाँच वर्ष यही गठबन्धन एकीकृत सोचका साथ अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा - Chaitanya News
  • 2026-07-05
  • 17:17:35
  • आइतबार,आषाढ २१, २०८३
  • अबको पाँच वर्ष यही गठबन्धन एकीकृत सोचका साथ अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा

    अबको पाँच वर्ष यही गठबन्धन एकीकृत सोचका साथ अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच वर्ष यही गठबन्धन एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन्।

    नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसदलाई विघटित नहुने गरी गठबन्धन दलहरू जनताको अपेक्षा पुरा गर्न एकीकृत रूपमा अघि बढ्नुपर्ने बताएका हुन्।

    उनले मुलुकलाई स्थिरता राखेर नै मुलुकको विकासको आकांक्षा पूरा हुने बताए।

    अहिले राजनीतिमा वितृष्णा, अर्थतन्त्रका समस्या, व्यवसायीको पीडालगायत समस्या देखिएको भन्दै यी नकारात्मक संकेतहलाई राज्यले उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए। बाहिर हल्ला चलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको शर्माको जिकिर थियो।