यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित - Chaitanya News
  • 2026-05-17
  • 04:32:12
  • शनिबार,जेठ ०२, २०८३
  • यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित

    यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित

    सप्तरी– सप्तरीमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन्। आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका हुन्। एकाध आँप भएका बारी होस् वा आँपको बगैँचा नै किन नहोस् यतिबेला सबैतिर आँपका रुखहरूमा फूलहरू फुलेका छन्।

    सप्तरीेमा घरायसी प्रयोजनका लागि अधिकांश घरमा आँपको रुख लगाइएको छ। यसैगरी, व्यवसायिक प्रयोजनका लागि विभिन्न स्थानमा समेत आँपका फूलहरू फुलेर झकिझकाउ भएका छन्। कृषि ज्ञान केन्द्र सप्तरीेका प्रमुख राजेन्द्रप्रसाद यादवले यस वर्ष आँपको ऋतु राम्रो भएको बताए।

    आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ,” कार्यालय प्रमुख यादवले भने“यस वर्ष सबै तिरबाट आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ।

    सप्तरीे लगायतका जिल्लामा चैत, वैशाख तथा जेठ महिनामा आउने हावाहुरीले आँप झारेर क्षति पु¥याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले जनाएको छ।

    सप्तरीेमा सबैभन्दा बढी मालदह आँप लगाइएको छ। यसैगरी, खिसुनभोग, बम्बै, अम्रपाली, दार्जलिङ्ग, केलवा, कलकतियालगायतका अन्य जातको आँपको रुख पनि लगाइएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार सबै जातका आँपको रूपमा फूलहरू फुलेका छन्।

    सप्तरीे जिल्लाभर करिब पाँच हजार २८७ हेक्टर जमिनमा आँप लगाइएको कार्यालय प्रमुख यादवले बताए। जिल्लामा अधिकांशका घरमा आँप लगाएको पाइन्छ। सप्तरीेको शम्भुनाथ, सितापुर, फत्तेपुर, लोहजारा, महुली, मोहनपुर, रुपनी, बेल्हा , रुपनगर, कञ्चनपुर, कदमहा, कल्याण्पुर, जोगमोहनलगायतका क्षेत्रमा आँपको व्यवसायिक उत्पादन हुने गरेको छ।