अध्यक्ष ओली भन्छन् : बुद्ध जन्मेका देशका बासिन्दाहरु मृत्युदण्डको पक्षमा जानु हुँदैन - Chaitanya News
  • 2026-05-17
  • 04:32:10
  • शनिबार,जेठ ०२, २०८३
  • अध्यक्ष ओली भन्छन् : बुद्ध जन्मेका देशका बासिन्दाहरु मृत्युदण्डको पक्षमा जानु हुँदैन

    अध्यक्ष ओली भन्छन् : बुद्ध जन्मेका देशका बासिन्दाहरु मृत्युदण्डको पक्षमा जानु हुँदैन

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीले बुद्ध जन्मेका देशका बासिन्दाहरु मृत्युदण्डको पक्षमा जान नहुने बताएका छन्।

    काठमाडौंमा आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बुद्ध जन्मेका देशका बासिन्दाहरु मृत्युदण्डको पक्षमा जान नहुने बताएका हुन्।

    ‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यसकारण हामी स्थायी रुपमा, हामी नेपालीहरु, बुद्ध जन्मेका देशका बासिन्दाहरु, यहाँका नागरिकहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा कुनै आवेश र उत्तेजनामा जानु हुँदैन भन्ने मेरो दृढ मत हो। कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन। तर कतिवटा देशहरुले त मृत्युदण्ड दिएको दियै छन्। संयुक्त राष्ट्र संघको मानव अधिकार डिक्लेरेशनले कुनै प्रकारको विभेद हुँदैन भन्छ। सबै प्रकारका असमानता स्वीकार्दैन।’ अध्यक्ष ओलीले भने।