आज गर्ने भनिएको माओवादी घटक र नागरिक अगुवाबीचको छलफल स्थगित - Chaitanya News
  • 2026-05-17
  • 04:32:20
  • शनिबार,जेठ ०२, २०८३
  • आज गर्ने भनिएको माओवादी घटक र नागरिक अगुवाबीचको छलफल स्थगित

    आज गर्ने भनिएको माओवादी घटक र नागरिक अगुवाबीचको छलफल स्थगित

    काठमाडौं-  माओवादी धारका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको छलफल स्थगित भएको छ। छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित भएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।

    गत २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको थियो। तर स्थल व्यवस्थापना नभएको भन्दै आजको कार्यक्रम स्थगित भएको छ।

    माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन्।