माओवादी धारका पार्टीहरुले नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दै - Chaitanya News
  • 2026-05-20
  • 09:16:21
  • बुधबार,जेठ ०६, २०८३
  • माओवादी धारका पार्टीहरुले नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दै

    माओवादी धारका पार्टीहरुले नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दै

    काठमाडौं – माओवादी धारका नेताहरुले मंगलबार नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दैछन् ।

    विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले मंगलबार बुद्धिजीवि र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका हुन् ।

    गत २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।

    सोही अनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् भने आज नागरिक अगुवाहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।