वीर अस्पतालका पाँच नर्सलाई सेवाबाट हटाइयो - Chaitanya News
  • 2026-05-02
  • 16:57:22
  • शनिबार,बैशाख १९, २०८३
  • वीर अस्पतालका पाँच नर्सलाई सेवाबाट हटाइयो

    वीर अस्पतालका पाँच नर्सलाई सेवाबाट हटाइयो

    काठमाडौं –  वीर अस्पतालले पाँच जना नर्सलाई सेवाबाट हटाएको छ । लामो समयदेखि अस्पतालको सम्पर्कमा नआएका पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाइएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।

    अस्पतालले आज (मंगलबार) सार्वजनिक सूचना जारी गर्दै २०७६ असोज १ देखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित भएकी सम्झना श्रेष्ठ, २०७६ फागुन ३० देखि अनुपस्थित भएकी स्टाफ नर्स सुशिला ढकाल, २०७४ चैत १ देखि अनुपस्थित भएकी जमुना सिटौला, २०७५ असार २२ देखि अनुपस्थित भएकी शान्ति लम्साल र २०७५ पुस १३ देखि अनुपस्थित भएकी ओमदेवी पुनलाई सेवाबाट हटाएको हो ।

    उनीहरुलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमावली २०६५ को नियम १३३ बमोजिम सेवाबाट हटाइएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।