राष्ट्रपति पौडेललाई चीनको बधाई - Chaitanya News
  • 2026-05-17
  • 03:52:29
  • शनिबार,जेठ ०२, २०८३
  • राष्ट्रपति पौडेललाई चीनको बधाई

    राष्ट्रपति पौडेललाई चीनको बधाई

    काठमाडौं- उत्तरी छिमेकी मुलुक चीनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।

    काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङ्गले ट्वीट गर्दै पौडेलको सफल कार्यकालको शुभकामकना दिएका छन्। उनले पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्।