नवनिर्वाचित राष्ट्रपति पौडेललाई भारतीय समकक्षीको बधाई - Chaitanya News
  • 2026-07-05
  • 17:15:46
  • आइतबार,आषाढ २१, २०८३
  • नवनिर्वाचित राष्ट्रपति पौडेललाई भारतीय समकक्षीको बधाई

    नवनिर्वाचित राष्ट्रपति पौडेललाई भारतीय समकक्षीको बधाई

    काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षीले बधाई दिएका छन्।

    पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी हुन्।

    पछिल्लो केही वर्षयता दुई देशबीचको सम्बन्धले विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको र त्यसले दुवै देशका नागरिकलाई लाभ मिलेको बधाई सन्देशमा उल्लेख गरिएको छ।

    द्विपक्षीय सम्बन्ध थप मजबुद बनाउनका लागि पौडेलसँग मिलेर काम गर्ने उनको विश्वास छ।