‘पार्टी विघटन हुँदा जनतामा भ्रम पैदा भएर हामी कमजोर देखियौँ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-05-17
  • 03:36:41
  • शनिबार,जेठ ०२, २०८३
  • ‘पार्टी विघटन हुँदा जनतामा भ्रम पैदा भएर हामी कमजोर देखियौँ : प्रधानमन्त्री प्रचण्ड

    ‘पार्टी विघटन हुँदा जनतामा भ्रम पैदा भएर हामी कमजोर देखियौँ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं– प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विघटन हुँदा जनतामा भ्रम पैदा भएर आफुहरु कमजोर देखिएको बताएका छन्।

    सोमबार राजधानीमा आयोजित अखिल नेपाल शिक्षक संगठनको अधिवेशन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले माओवादीहरु एक हुँदा देशको शक्तिशाली पार्टी भएको भन्दै विविध कारणले पार्टी विघटन हुँदा जनतामा भ्रम पैदा भएर आफुहरु कमजोर देखिएको बताएका हुन्।

    पार्टी विघटन हुँदा जनतामा भ्रम पैदा भएर हामी कमजोर भयौं। छिट्टै यो देशमा एकता हुने देखिएको छ। सबैले हासिल गरेका अनुभवहरु तीता–मीठा राम्रा नराम्रा सकारात्मक–नकारात्मक अनुभवहरुले सबैले आफ्नै अनुभवका रुपमा मूल्याङ्गकन गरेकाले एक–अर्कालाई निषेध गर्ने हिसाबले नभएर ठिक ढंगले पूर्वाग्रह रहितढंगले मूल्यांकन गरियोस्।’

    प्रधानमन्त्री दाहालले फेरि एकिकृत हुने समय आएको भन्दै परिस्थितिले सबै नेतृत्वहरुलाई पुनःविचार गर्नुपर्ने अवस्था सिर्जना गरेको टिप्पणी गरे।

    उनले प्रतिक्रियावादी विचारको आधारमा जनतालाई भ्रमित पार्ने कार्यहरु भएमा क्रान्ति, प्रतिक्रान्तिमा जाने खतरा बढ्न सक्ने बताएका छन्।