काठमाडौं– राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका नेकपा (एमाले)का उपाध्यक्ष सुवाचन्द्र नेम्वाङ संसदीय दलको उपनेता चयन भएका छन्।
सोमबार पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेता चयन गरेका हुन्।
यसअघि पनि दलको उपनेता रहेका नेम्वाङलाई राष्ट्रपतिमा पराजित भएलगत्तै ओलीले उपनेताको जिम्मेवारी दिएका छन्। उपनेताको जिम्मेवारीसँगै राष्ट्रपतिमा पराजित भएबापत् उपहार भनेर बाहिर भनिएको छ।
अध्यक्ष ओलीले आइतबार संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनित गरिसकेका छन्।
![]()