महालेखा नियन्त्रक कार्यालयले दियो सरकारी रकम खाइदिने ठेकेदारहरुलाई ३५ दिने म्याद - Chaitanya News
  • 2026-05-17
  • 03:36:40
  • शनिबार,जेठ ०२, २०८३
  • महालेखा नियन्त्रक कार्यालयले दियो सरकारी रकम खाइदिने ठेकेदारहरुलाई ३५ दिने म्याद

    महालेखा नियन्त्रक कार्यालयले दियो सरकारी रकम खाइदिने ठेकेदारहरुलाई ३५ दिने म्याद

    काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले ६३ वटा ठेकेदार तथा निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम बुझाउन ३५ दिने म्याद दिएको छ।

    कार्यालयले आज सूचना प्रकाशित गर्दै उनीहरुको तीनपुस्ते विवरणसहित सरकारी बाँकी रकम ब्याजसहित चुक्ता गर्न भनेको हो। तोकिएको म्यादभित्र रकम नतिरे थप कारबाही अघि बढाइने र यसो गर्दा उनीहरुको आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठामा क्षति हुन गएमा स्वयं जिम्मेवार रहनुपर्नेसमेत कार्यालयले चेतावनी दिएको छ।

    सरकारी बाँकी रकम नबुझाउनेमा ठेकेदार, प्रहरी,व्यापारी,सरकारी कर्मचारीलगायत छन्। त्यस्तै,कतिपय अमेरिका र भारत ठेगाना भएका कम्पनीका सञ्चालकहरुको समेत नाम सूचनामा उल्लेख छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार क्यासिनो चलाउने नेपाल रिक्रियसन सेन्टर प्रालिले मात्रै ९० करोड रुपैयाँ बुझाउन बाँकी छ।