उपराष्ट्रपति चुनावका लागि नमुना मतपत्र सार्वजनिक, यस्ता छन् दुई मतपत्र - Chaitanya News
  • 2026-07-02
  • 18:22:05
  • बिहिबार,आषाढ १८, २०८३
  • उपराष्ट्रपति चुनावका लागि नमुना मतपत्र सार्वजनिक, यस्ता छन् दुई मतपत्र

    उपराष्ट्रपति चुनावका लागि नमुना मतपत्र सार्वजनिक, यस्ता छन् दुई मतपत्र

    काठमाडौं– पराष्ट्रपति चुनावका लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ।

    राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरिएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यले मतदान गर्ने मतपत्रमा रातो रंगको प्रयोग गरिएको छ भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने मतपत्रमा हरियो रंगको प्रयोग गरिएको छ।

    मतपत्रमा उपराष्ट्रपतिका चारै जना उम्मेदवारको नामसँग तस्वीर पनि राखिएको छ। मतपत्रमा वर्णानुक्रमअनुसार, अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहाय प्रसाद यादवको नाम रहेको छ।

    नेकपा (एमाले) बाट शाक्य, जनता समाजवादी पार्टी ९जसपा०बाट प्रमिला र यादव तथा जनमत पार्टीबाट झा उपराष्ट्रपतिका उम्मेदवार बनेका हुन्। जसपा उम्मेदवार प्रमिलाले भने आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै यादवलाई समर्थन गरेको जनाएकी छन्।

    उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुनेछ। निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहेका छन्।