निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ - Chaitanya News
  • 2026-05-17
  • 03:37:02
  • शनिबार,जेठ ०२, २०८३
  • निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

    निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

    काठमाडौं– निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दुई कार्यकाल पूरा गरी शीतलनिवासबाट बिदा भएकी छन्।

    सोमबार शीतलनिवासमै पद तथा गोपनीयताको सपथ लिएका राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति भण्डारी सवार गाडीमै पुगेर बिदाइ गरेका हुन्।

    निवर्तमान राष्ट्रपति भण्डारीलाई सेनाले २१ तोपको सलामी दिएर बिदाइ गरेको छ। राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने संवैधानिक व्यवस्था छ। भण्डारी बालुवाटारस्थित छोरीको घरमा सर्ने बताइएको छ।