सरकारी रकम नतिर्नेहरूको तीनपुस्ते विवरण सार्वजनिक - Chaitanya News
  • 2026-05-17
  • 03:36:40
  • शनिबार,जेठ ०२, २०८३
  • सरकारी रकम नतिर्नेहरूको तीनपुस्ते विवरण सार्वजनिक

    सरकारी रकम नतिर्नेहरूको तीनपुस्ते विवरण सार्वजनिक

    काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम नतिर्ने ठेकेदार, प्रहरी, व्यापारी, सरकारी कर्मचारीलगायतको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ।

    कार्यालयले सरकारी पैसा प्रयोगमा ल्याए पनि बाँकी रकम नतिरेकाहरूको नामावली सार्वजनिक गरेको हो।

    महालेखाले उनीहरूको तीनपुस्ते विवरण सार्वजनिक गर्दै सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र सरकारी बाँकी रकम ब्याजसहित तिर्न निर्देशन दिएको छ।

    महालेखाले तोकिएको म्यादभित्र रकम नतिरे थप कारबाही अघि बढाउने र यसो गर्दा आर्थिक हानि–नोक्सानी तथा सामाजिक प्रतिष्ठामा क्षति भए आफू जिम्मेवार नहुने स्पष्ट पारेको छ।

    कार्यालयले कतिपय भारत र अमेरिका ठेगाना भएका कम्पनीका सञ्चालकको नाम पनि सूचीमा समावेश गरेको छ।
    नेपाल रिक्रियसन सेन्टरको ९० करोड,

    फूलबारी होटल पोखराको ४१ करोड बढी र होटल याक एन्ड यतीको २० करोड बढी बक्यौता रहेको महालेखाको सूचनामा उल्लेख छ।

    यस्तै, विभिन्न निर्माण व्यवसायीका कम्पनीको नाम र सञ्चालकको नाम पनि सरकारी बाँकी रकम नतिर्नेको लिस्टमा समावेश छ।