भोलि बस्ने भनिएको राष्ट्रिय सभा बैठक सर्‍यो - Chaitanya News
  • 2026-05-20
  • 08:04:09
  • बुधबार,जेठ ०६, २०८३
  • भोलि बस्ने भनिएको राष्ट्रिय सभा बैठक सर्‍यो

    भोलि बस्ने भनिएको राष्ट्रिय सभा बैठक सर्‍यो

    काठमाडौं– भोलि (सोमबार) बस्ने भनिएको राष्ट्रिय सभा बैठक सरेको छ। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश सरेको जानकारी दिए।

    सचिव फुयालका अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा आगामी चैत ८ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गरेका छन।