म मन्त्री होइन प्रधानमन्त्री बन्ने हो : महामन्त्री गगन - Chaitanya News
  • 2026-05-17
  • 02:26:38
  • शनिबार,जेठ ०२, २०८३
  • म मन्त्री होइन प्रधानमन्त्री बन्ने हो : महामन्त्री गगन

    म मन्त्री होइन प्रधानमन्त्री बन्ने हो : महामन्त्री गगन

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले मन्त्री होइन, प्रधानमन्त्रीको तयारी गरेको बताएका छन्।

    आफू मन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पार्दै उनले यस्तो बताएका हुन्। ‘वर्तमान सरकारका आर्थिक प्राथमिकता र समसामयिक राजनीति’ विषयक कार्यक्रममा बोल्दै उनले भने, ‘म मन्त्रीको दौडमा छैन। मन्त्री होइन, प्रधानमन्त्री बन्ने तयारीका साथ संसदीय दलको नेताको चुनाव लडेको थिएँ। तर, सकिनँ । अब मन्त्री बन्ने लाइनमा छैन।

    उनले अबको ५ वर्ष सांसदका रूपमा मात्रै जिम्मेवारी निभाउनेसमेत बताए। ‘मैले ५ वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो। म न मन्त्री बन्छु, न बन्न मिल्छ। मैले सबै काम नेपाली कांग्रेसको महामन्त्री भएर गर्ने हो।’

    कांग्रेस सरकारमा रहिरहेको समयमा सरकारलाई आफूले सफल बनाउन प्रयास गर्ने उनको भनाइ थियो। महामन्त्री थापाले सरकारले परिणाममुखी काम गर्न नसके ५ वर्ष खेर जाने पनि बताए। ‘यो सरकारले परिणाम दिन सकेन भने ५ वर्ष खेर जान्छ,’ उनले अगाडि भने, ‘पाँच वर्षमा के परिणाम दियौँ र के दिएनौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। नत्र अर्को ५ वर्ष खेर जान्छ । त्यो खेर जानु भनेको तपाईंको, मेरो खेर जानु हो।’