परिवर्तनलाई उल्ट्याउन खोज्नेहरू देशमा टिक्ने छैनन् : विप्लव - Chaitanya News
  • 2026-11-06
  • 19:34:50
  • शुक्रबार,कार्तिक २१, २०८३
  • परिवर्तनलाई उल्ट्याउन खोज्नेहरू देशमा टिक्ने छैनन् : विप्लव

    परिवर्तनलाई उल्ट्याउन खोज्नेहरू देशमा टिक्ने छैनन् : विप्लव

    काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले द्वन्द्वकालीन मुद्धा र शान्ति सम्झौताले सम्बोधन गरेको विषयलाई उल्ट्याउन खोज्नेहरू देशमा टिक्न नसक्ने बताएका छन्।

    आइतबार काठमाडौंमा माओवादी पृष्ठभूमिका आठ पार्टीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले नेपालमा जनता उठेको हेर्न नचाहने, विद्रोह गरेको हेर्न र अधिकारसम्पन्न भएको हेर्न नचाहनेहरू सलबलाएको जिकिर गरे।

    प्रधानमन्त्रीलाई समेत नियन्त्रण गर्न खोजेको छ। यहाँ आदिवासी, सुकुम्वासी, दलितलगायत जनताहरूको हालत के होला? यो क्रान्तिको अपूर्णता हो। यो राज्य नेपाली जनताको भइसकेको छैन,” उनले भने, “यसको उचित जवाफ दिन जरुरी छ। जनताको तागतबाट जन्मिएको व्यवस्था र परिवर्तनलाई सीमित मुट्ठीभरहरूको हातमा लगेर जनता र नेता–कार्यकर्तालाई अपराधीकरण गर्न खोजेका छन्। तिनीहरू यो देशमा टिक्ने छैनन्। हाम्रो प्रतिरोधको सामु टिक्ने छैनन्।”

    अहिलेको परिवर्तनलाई उल्टाएर ०४७ सालमा पुर्‍याउन खोजिएको भन्दै उनले वैज्ञानिक समाजवादतर्फ देशलाई लैजानुपर्नेमा जोड दिए।