यूएईलाई पराजित गर्दै नेपालले जोगायो एकदिवसीय मान्यता - Chaitanya News
  • 2026-06-05
  • 14:55:33
  • शुक्रबार,जेठ २२, २०८३
  • यूएईलाई पराजित गर्दै नेपालले जोगायो एकदिवसीय मान्यता

    यूएईलाई पराजित गर्दै नेपालले जोगायो एकदिवसीय मान्यता

    काठमाडौं– आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

    टस जित्दै ब्याटिङ रोजेको नेपालले यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको थियो। तर, यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१ रनमै अलआउट हुनपुग्यो।

    यूएईका लागि आयन अफजल खानले सर्वाधिक २९ रन बनाए। बलिङतर्फ नेपालका ललित राजवंशीले ५ विकेट लिए। यस्तै सन्दीप लमिछानेले २ तथा सोमपाल कामी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए। यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए। बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, रोहन मुस्तफा र जवार फरिदले २/२ विकेट लिए।

    यो जितसँगै नेपालले दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको छ। नेपाल ३४ खेलमा ३६ अङ्कसहित लिग–२ तालिकाकाे चाैथाै स्थानमा उक्लिएको छ। एकदिवसीय मान्यता कायम गर्न तालिकाको शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ।