काठमाडों– भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरूले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
निर्माण व्यवसायीहरूले सम्झौता अनुरुपको काम नगरेर उपेक्षा गरेका छन् भने टुलुटुलु हेरेर बसिदैन,” उनले भने।
उनले काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने बताए । मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरूसँग ठेक्का रद्द गर्नसक्ने तर्फपनि सचेत गराए।
उनले निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफू जुन कुनै मन्त्रालयसँग समन्वय गर्ने भन्दै निर्माण व्यवसायीहरूले पनि जिम्मा लिएको काम सम्झौता अनुरुप समयमै पूरा गर्ने संकल्प गर्नुपर्ने बताए।