काठमाडौं– ओखलढुंगाको रुम्जाटारबाट काठमाडौंका लागि छुटेको बा२ख ६५९६ नम्बरको यात्रुवाहक बस सिन्धुलीको फिक्कल गाउँपालिकास्थित कुइभीरमा दुर्घटना हुँदा मर्नेको संख्या ६ पुगेको छ।
ब्रेक फेल भएको बसलाई चालकले सुनकोसीमा खस्न नदिन भित्तातिर लगेर ठोक्काएको हुन सक्ने सिन्धुली प्रहरीको अनुमान छ।
दुर्घटनामा अन्य २४ बढी घाइते भएका छन्।
दुर्घटनापछि तत्कालै बसमा थिचिएका पाँच जनको शव निकालिएको छ। अन्य एक जनाको शव बसभित्रै रहेको छ।
डोजर झिकाएर बसमुनिबाट शव निकाल्न लागिएको छ। घटनास्थलबाट २० बढी घाइतेलाई उद्धारपछि उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
काठमाडौं पठाइएकामध्ये ६ जनाको अवस्था गम्भीर छ भने हालसम्म मृतकको सनाखत भइसकेको छैन।