राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिँदै - Chaitanya News
  • 2026-05-20
  • 08:04:09
  • बुधबार,जेठ ०६, २०८३
  • राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिँदै

    राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिँदै

    काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै छ । २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारीको आजबाट कार्यकाल सकिन लागेको हो । यो उनको दोस्रो कार्यकाल थियो ।

    भण्डारीको कार्यकाल आजबाट सकिने भएकाले आउँदो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ । यही फागुन २५ गते भएको निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

    एमाले नेता सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।