ममता झाद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता - Chaitanya News
  • 2026-05-20
  • 08:03:39
  • बुधबार,जेठ ०६, २०८३
  • ममता झाद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

    ममता झाद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

    काठमाडौं– सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन्।

    नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्।

    सत्तारुढ गठबन्धनले जनमत पार्टीकी ममता झालाई आज बिहान उपराष्ट्रपति बनाउने निर्णय गरेको थियो । बालुवाटारमा शनिबार बिहान बसेको १० दलीय गठबन्धनको बैठकले उक्त सहमति गरेको थियो।