एमाले सचिवालय बैठक बस्दै - Chaitanya News
  • 2026-05-17
  • 01:36:24
  • शनिबार,जेठ ०२, २०८३
  • काठमाडौं –  नेकपा (एमाले) को सचिवालय बैठक शनिबार बस्दै छ ।

    बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ ।

    बैठकले उपराष्ट्रपतिमा उम्मेदवारी दिने नदिने तथा दिने भए उम्मेदवारको पनि टुंगो लगाउने छ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ ।

    उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।