ट्रयाक्टर ट्रली नहरमा खस्दा १४ जनाको मृत्यु - Chaitanya News
  • 2026-11-06
  • 18:44:38
  • शुक्रबार,कार्तिक २१, २०८३
  • ट्रयाक्टर ट्रली नहरमा खस्दा १४ जनाको मृत्यु

    ट्रयाक्टर ट्रली नहरमा खस्दा १४ जनाको मृत्यु

    इस्लामावाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्रयाक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ।

    करिब ४५ जना तीर्थयात्री बोकेको ट्रली उक्त जिल्लाको चौकी विमानस्थल सडक नजिकै तीव्र गतिका कारण दुर्घटना भएको उद्धार सेवाले जनाएको छ।

    उद्धारकर्ता घटनास्थल पुगेर स्थानीयवासीको सहयोगमा उद्दार कार्य सुरु गरेको उद्धार सेवाले जनाएको छ। साथै बेपत्ताहरूको खोजी कार्य जारी रहेकाले हालसम्म केही शवसहित २८ जना यात्रुमात्र फेला परेको जनाइएको छ।

    केही यात्रुहरू दुर्घटनापछि चिप्लिएर बगेको हुनसक्ने उद्धार सेवाले जनाएको छ। रासस