उपराष्ट्रपतिमा महिलामात्रै भन्नु संविधानको खिलाप : बस्नेत - Chaitanya News
  • 2026-05-20
  • 06:56:09
  • बुधबार,जेठ ०६, २०८३
  • उपराष्ट्रपतिमा महिलामात्रै भन्नु संविधानको खिलाप : बस्नेत

    उपराष्ट्रपतिमा महिलामात्रै भन्नु संविधानको खिलाप : बस्नेत

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व गृहमन्त्री शक्ति बस्नेतले उपराष्ट्रपतिमा महिलामात्रै भन्नु संविधानको खिलाप रहेको बताएका छन्।

    ९ दलीय गठबन्धनको कार्यदल बैठकपछि बाहिरिदैँ सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपतिमा महिलामात्रै भन्नु संविधानको खिलाप रहेको बताएका हुन्।

    नेता बस्नेतले भने, ‘अहिले जारी भएको वक्तव्य संविधान र कानूनअनुसार नै भएको देखिन्छ। त्यहाँ महिला वा अन्य समुदायको भनिएको छ। अहिले निर्वाचित हुनुभएको राष्ट्रपति खस आर्यको तर्फबाट र लिंगको हिसाबमा पुरुष हुनुहुन्छ। त्यो बाहेक महिला वा फरक समुदायको भनिएको छ। वक्तव्यमा हेर्दा मैले समस्या देख्दिनँ तपाईंहरुले भन्नुभएको कुरा हो भने त्यो संविधान र उसको भावना विपरीतको हुन्छ। मैले त्यो सुन्नमा आएको छैन। त्यो संविधानको खिलापमा हुन्छ।’