काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीहरु क्षणिक दैनिक फोहोरी खेलमा लागेको बताएका छन्।
नेकपा एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
ओलीले भने, ‘हामी अरु पार्टीजस्तो क्षणिक दैनिक फोहारी खेलमा सामेल छैनौं, सामेल हुँदैनौं।’
एमाले देश बनाउन लागेको र देश बनाएपछि मात्र विश्राम लिने भन्दै आफूहरु म्याराथन दौडमा रहेको उनले बताए।
ओलीले एमाले लामो दौडको घोडा भएको उनले बताए।उनले दुई तिहाइ नजिक पुगेको नेकपा पनि प्रचण्ड र माधव नेपालले फुटाएको आरोप लगाए।
ओलीले छिटो पनि नगरी, हतार पनि नगरी, योजनावद्ध ढंगले अघि बढ्नु पर्ने बताए। उनले आफूहरुले चलखेल पनि नगर्ने भन्दै चलखेल नगर्न सहभागीहरुलाई सुझाव दिए।