काठमाडौँ– राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले निर्वाचन खर्च बुझाएका छन्।
नेम्वाङका तर्फबाट शुक्रबार एमाले सांसद महेश बर्तौलाले चुनावका क्रममा १६ हजार पाँच सय खर्च भएको विवरण निर्वाचन आयोगका बुझाएका हुन्।
खर्च विवरणमा मतदाताहरुलाई एसएमएस गदौ १० हजार र मसलन्दमा ६ हजार पाँच सय गरिएको बर्तौलाले जानकारी दिए। बिहीबार भएको राष्ट्रपति चुनावमा नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गर्दा रामचन्द्र पौडेल ३३ हजार ८०२ मतभार पाएर विजय भए।
