लोकसेवा उपयोगी सामग्री [५५] - Chaitanya News
  • 2026-05-17
  • 02:27:33
  • शनिबार,जेठ ०२, २०८३
  • १. तलका कथन पढ्नुहोस् र विचार गर्नुहोस्?

    १. विषमताको महादेश एशिया हो।

    २. विचित्रताको महादेश अफ्रिका हो।

    A) १ ठिक २ बेठिक B) १ बेठिक २ ठिक C) १ र २ ठिक D) १ र २ बेठिक

    २. एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति को हुन्?

    A) बाबुछिरिङ शेर्पा B) छ्युरिम शेर्पा C) तेन्जिङ्नोर्गे शेर्पा D) आङ्काजी शेर्पा

    ३. ताक्लाकोट नाका नेपालको कुन जिल्लामा पर्छ?

    A) बझाङ B) हुम्ला C) रसुवा D) दोलखा

    ४. तल दिइएको मध्ये विश्वको सबैभन्दा साँघुरो र लामो राष्ट्र कुन हो?

    A) जापान B) चिली C) न्युजिल्याण्ड D) अर्जेन्टिना

    ५. विश्वको सबैभन्दा धेरै जनसंख्या भएको भुपरिवेष्ठित देश कुन हो?

    A) युगान्डा B) इथियोपिया C) चाड D) नाइजर

    ६. तलको कथन पढेर सहि उत्तर छनोट गर्नुहोस्।

    १. सगरमाथामा पुग्ने पहिलो व्यक्ति एडमण्ड हिलारी र तेन्जिङ्ग नोर्गे शेर्पा हुन्।

    २. सुर्यको विषयमा अध्ययन गर्ने पहिलो व्यक्ति निकोलस कोपर्निकस हुन्।

    ३. पृथ्वी गोलो छ भनि घोषणा गर्ने पहिलो व्यक्ति पाइथागोरस हुन्।

    A) १ ठिक सबै बेठिक B) सबै गलत B) सबै सहि C) २ र ३ ठिक १ गलत

    ७. राष्ट्रसंघको स्थापना कहिले भएको हो?

    A) सन् १९२० जनवरी १० B) सन् १९२० जनवरी २० C) सन् १९२० जनवरी ११ D) सन् १९२० जनवरी १२

    ८) नेपालको मुद्रामा आफ्नो रानीको नाम अङ्कित गर्ने मल्ल राजा को हुन्?

    A) भुपतिन्द्र मल्ल B) नरेन्द्र मल्ल C) प्रताप मल्ल D) अभय मल्ल

    ९) विश्वको पुरानो धर्म भनी कुन धर्मलाई मानिन्छ?

    A) हिन्दु B) शैव B) बोन C) बौद्ध

    १०. तलका कथन पढ्नुहोस् र सहि उत्तर छनोट गर्नुहोस्।

    १. भारत जस्तै स्वरुप भएको जिल्ला डोल्पा हो।

    २. नेपालको नक्सा जस्तै स्बरुप भएको जिल्ला बाग्लुङ्ग हो।

    ३. नेपालको जस्तै नक्सा भएको देश पोर्चुगोल हो।

    A) सबै ठिक B) सबै बठिक C) १ गलत २ र ३ ठिक D) २ र ३ गलत अरु ठिक

    ११. श्रीमती हुदाँहुदै अर्को श्रीमती विवाह गरेमा श्रीमान‍्ले घर छोड्नु पर्ने चलन रहेको जाति तलका मध्ये कुन हो?

    A) डोल्पो B) ल्होमी C) ताम्बा D) चेपाङ

    १२. मित्रराष्ट्र चीनमा सर्वप्रथम संविधान कहिले जारी भएको थियो?

    A) सन् १९५४ B) सन् १९५३ C) सन् १९५५ D) सन् १९५६

    १३. राज्यको तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभुषण कसले प्रदान गर्छ?

    A) राष्ट्रपति B) प्रधानमन्त्री C) प्रधानन्यायाधिश D) गृहमन्त्री

    १४. नेपालको आर्थिक वृद्धिदर सम्बन्धि विचार गरी सही उत्तर छनोट गर्नूहोस्।

    १. आर्थिक वर्ष २०७८र७९ मा ५.८४ प्रतिशतले वृद्धि,

    २. आर्थिक वर्ष २०७७र७८ मा ४.२५ प्रतिशतले वृद्धि,

    ३. आर्थिक वर्ष २०७६र७७ मा २.५० प्रतिशतले वृद्धि,

    A) सबै सही B) सबै गलत C) ३ गलत १ र २ ठिक D)  २ ठिक ३ र १ गलत

    १५. राष्ट्रिय कृषि गणना कहिले देखि सुरु भएको हो?

    A) वि.सं. २०१८ B) वि.सं. २०१९ C) वि.सं. २०१८ मार्च २ D) वि.स २०१८ मार्च ४

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal
    New Baneshwor, Shankhamool, Kathmandu
    Contact No. 01-4792427, 9851246100, 9851146100